20 September 2019

अविनाशी पुस्तक बाइबल

By gnn890 - Wed Feb 13, 5:11 am

bible-Sunlight

कुनै पुस्तक विषेश छ भने त्यो पच्चिस वर्षसम्म पनि छापिन सक्छ । जुनचाहिँ एक शताब्दिभरि पढिन्छ त्यसलाई असाधारणमा गन्नु पर्छ, तर एक हजार वर्षसम्म रहिरहने पुस्तकहरू त एकदम थोरै हुन्छन् । तरैपनि बाइबल हजारौं वर्षदेखि संसारमै सबभन्दा लोकप्रिय पुस्तक बन्न सफल भएको छ यद्यपि पटक–पटक यसलाई आक्रमण गर्न र निमिट्यान्न पार्न भएभरको जमर्को गरिएको कुरा इतिहासले बताउँदछ ।

रोमी सम्राट डायोक्लेटियन (ई.सं. ३०३) को समयदेखि लिएर शताब्दियौंभरि हाम्रै समयसम्म, थुप्रैले बाइबललाई संसारबाटै निमिट्यान्न पार्न प्रयास गरेका छन् । सैनिक शक्ति र दमनद्वारा रोमी साम्राज्य, क्याथोलिक चर्च, कम्युनिष्ट सरकारहरू लगायत मुस्लिम सरकारहरूले बाइबललाई आक्रमण गर्न र नष्ट गर्न खोजेका छन् । तर उनीहरूले हासिल गरेको सफलता न्यून छ । अठारौं शताब्दिमा बाइबलले भोल्टेयर, थोमस पेन आदि जस्ता “इनलाइटनमेन्ट” स्केप्टिक र नास्तिक दार्शनिकहरूको आक्रमण खप्यो । तर उनीहरूको प्रयास झनै कम प्रभावशाली भेटियो । फ्रान्सेली मानववादी [Humanist] भोल्टेयरले एकपटक घोषणा गरे, “अबको पचास वर्षभित्रमा संसारबाट बाइबलको नाम निशाना मेटिनेछ ।” तर भोल्टेयरको मृत्यु भएको पचास वर्षपछि, भन्दा सानो बुदाँ समेत हुबहु पूरा भए । यस तथ्यलाई लिएर तुलनात्मक अध्ययन गर्दा विश्वका अन्य धर्महरूको दाँजोमा बाइबलको अलग्गै स्थान देखिन्छ । बुद्ध धर्म, हिन्दु धर्म, इस्लाम धर्म र कन्फ्युसियस धर्म प्रत्येकको आफ्नै धर्मग्रन्थ छ, तर उल्लेखनीय कुरा के भने ती शास्त्रहरूमा भविष्यवाणी पाइँदैन । मानौं परमेश्वरले यही सत्यतालाई आधार बनाएर आफूलाई संसारका “ईश्वर” भनाउँदाहरूदेखि पृथक राख्नुहुन्छ । संसारलाई परमेश्वरको चुनौती यस प्रकार छ — “मजस्तै को छ र ? त्यसले घोषणा गरोस् । त्यसले बताओस् र मेरो अगि राखोस्… जे हुन आउँछ त्यसले हामीलाई अघिबाटै बताओस्… तर मैले भन्ने कुरा म, परमप्रभु आफैले नै भन्नेछु, र त्यो ढीलो नभई पूरा हुनेछ । मैले भनेको कुरा म पूरा गर्नेछु” (यशैया ४४:७, इजकिएल १२:२५, २४:१४; यर्मिया २८:९) । तुलनामा जुनसुकै भाषाको एउटै पनि मानवीय कृति बाइबलको बनोट र संरचनाको अलिकति पनि नजिक आउन सक्दैन । यथार्थ यही हो — केवल एक सर्वज्ञानी विचारकर्ताले मात्र यस पुस्तकहरूको पनि पुस्तकको रचना गर्न सम्भव थियो ।

Leave a Reply