12 November 2019

जीवनको साँचो लक्ष्य

By gnn890 - Wed Feb 13, 6:38 am

Chinese-Manचीनको मध्य भागको एक विद्वान परिवारमा म जन्मिएको थिएँ । मेरो बुवा एउटा विश्व विद्यालयको प्रोफेसर हुनुहुन्छ । व्यक्तिगत सघंर्षको धारणाद्वारा म पूर्ण गहिरो रूपमा प्रभावित भएको हुनाले म कामद्वारा आफ्नो मूल्याङ्कन गर्ने भन्ने विषयमा विश्वस्त थिएँ । सहयोगीहरूलाई ईश्वरको पनि सहयोग प्राप्त हुन्छ भन्ने कुरामा पनि म विश्वास गर्थें । त्यसैले म स्कूल पढ्दादेखि नै लक्ष्यहरू बोकेर अघि बढेको व्यक्ति थिएँ । जेहेन्दार भएकाले म क्याम्पसमा पनि अर्थशास्त्र सम्बन्धी कार्यक्रमहरूमा भाग लिने गर्थें र सधैं प्रथम हुन्थें । म धेरै कार्यहरूमा व्यस्त थिएँ । क्याम्पसको खेल प्रतियोगितामा मैले १०० मिटरको दौड जितेको थिएँ । वादविवाद प्रतियोगितामा प्रथम हुन्थें । म क्याम्पसको विद्यार्थी सङ्गठनमा पनि थिएँ । मैले दोस्रो ऐच्छिक विषयको रूपमा कम्प्यूटर लिएको थिएँ र छानेर पढ्नुपर्ने सम्पूर्ण विषयहरू पूरा गरिसकेको थिएँ । क्याम्पस जीवनको तेस्रो वर्षमा मैले विश्वविद्यालयमा सबैभन्दा बढी अंक ल्याउने व्यक्तिको रूपमा छात्रवृत्ति पाएँ । स्नातक तहसम्मको अध्ययन पूरा गरेपछि मैले एउटा प्रसिद्ध वैदेशिक कार्यलयमा काम पाएँ । मेरो व्यक्तिगत सघंर्षको कारण यो सफलता मिलेको सम्झेर म गौरवान्वित थिएँ । तर साँच्चै भन्ने हो भने मैले वास्तविक सन्तुष्टि पटक्कै पाएको थिइनँ । प्रत्येक रात म आफैलाई सोध्थेँ, के यति नै सबै हो त ? एक पछि अर्को लक्ष्यलाई पछ्याउनु, कोही भाग्न नसक्ने मृत्युको नजिक पुग्नु नै मेरो जीवन हो त ? जीवनको वास्तविक अर्थ के हो ? हरेक समय म किन रित्तो अनुभव गरिरहेछु ?

अगष्ट १९९९ मा म स्नातकोत्तर तहको अध्ययन गर्न शहरतिर लागे त्यहाँ हँदा एकपटक म प्रभु येशूमा विश्वास गर्ने मानिसहरूको सभामा गएँ । म त्यस्तो सभामा गएको यो पहिलो पटक थियो । जब गीतहरू शुरू भए तब त्यो भवन भित्र पवित्रताको अनुभुति भयो । त्यतिबेला इसाईमतको विषयमा थोरै कुरा जानेको भएता पनि त्यस्तो पवित्रता पाएँ भनेर म छक्क परें । गीतका धेरै शब्दहरू नबुझे पनि म रून पुगें । के यो अचम्मै भएको होइन र ? सृष्टिकर्ता परमेश्वरले त्यो दिन देखि मेरो हृदयमा काम गर्न थाल्नु भएको रहेछ भन्ने पछि थाह पाएँ ।

त्यसपछि म प्रत्येक शुक्रबार साँझमा हुने बाइबल अध्ययन कार्यक्रममा सहभागी हुन थालें । मेरो क्याम्पसको पढाईभन्दा बाइबल अध्ययन समूहमा हुँदा मैले मेरो हृदयमा शान्ति छाएको अनुभव गरें । तैपनि परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने विषयमा म दोधारमा नै परिरहेको थिएँ । मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको तपाईं भन्नुहुन्छ भने परमेश्वरलाई चाहिँ कसले सृष्टि गरेको ?

केही महिना पछि एउटी महिलाले परमेश्वरसँग सम्बन्धित कुराहरू गर्ने विषयमा मेरो इच्छा छ कि छैन भनेर मलाई सोधिन् । म मेरो अध्ययनमा व्यस्त भएता पनि उनको नम्र अनुरोधलाई मैले इन्कार गर्न सकिनँ । ती महिलाले मलाई सुसमाचार सुनाइन् । मलाई साह्रै चाख लाग्यो आफूलाई पापी भनि स्वीकार गर्न धेरैलाई गाह्रो पर्छ । तर मेरो लागि यो ठूलो समस्या भएन । सबै स्वार्थी छन् र म पनि स्वार्थी छु भनी म विश्वास गर्थें । कोहि मानिसहरू आफ्नो स्वार्थ लुकाउन सिपालु भएको कारणले मात्र उनीहरू निस्वार्थी देखिएका थिए । स्वार्थी हुनु सबै मानिसको कमजोरी भएको कारण मलाई आफू स्वार्थी छु भन्न लाज लाग्दैनथ्यो । पापबाट नै मृत्यु आयो भन्ने मैले कहिल्यै चिताएको थिइनँ । जब मैले बाइबल सिक्दै गए हाम्रो पापको दण्ड मृत्यु हो र मृत्युबाट प्राप्त हुने मुक्तिलाई बेवास्ता गर्नाले नरकमा अनन्तको दण्ड भोग्नुपर्छ भन्ने मैले बाइबलबाटै थाह पाएँ । मानिस जाति भित्र भएको पापबाट म आफैले छुट्कारा पाउन सक्दिनँ भन्ने पनि मैले जानें । मुक्तिदाताको रूपमा मलाई परमेश्वरको खाँचो छ भनेर मैले जानेपछि मैले परमेश्वरको बारेमा निरन्तर धेरै कुराहरू सोचिरहें । परमेश्वर साँच्चै छन् कि छैनन् भनेर मैले गम्भिरता पूर्वक गहन अध्ययन गर्न थालें । मैले परमेश्वरका बारेमा लेखेका लेखहरू पढ्न थालें । जति अध्ययन गरे त्यति नै परमेश्वर हुनुहुन्छ भन्ने यथार्तता प्रकट भइरह्यो । ओछ्यानबाट तल ओर्लेर मैले घूँडा टेके अनि आत्मा र सत्यतामा ब्रह्माण्डका सृष्टिकर्तालाई प्रार्थना गरें । मैले मेरा ईष्या, घृणा, लोभ, अरूको न्याय गर्ने जस्ता पापहरू परमेश्वर समक्ष स्वीकार गरें । यी पापहरूको कारणले मैले आफैलाई दुखि सम्झी रहेको थिएँ । परमेश्वरसँग मैले क्षमा मागें । परमेश्वरलाई धन्यवाद होस्, त्यस समय देखि मैले उहाँसँग सम्बन्ध गाँसे ।

त्यसपछिका दिनहरू वर्णन गर्न म असक्षम छु । पूरै संसार मेरो निम्ति नयाँ भएको थियो । मलाई नयाँ काम चाहिएको थियो । अनि स्कुलको कामको पनि चाप उत्तिकै थियो । यद्यपि मलाई आकाश पहिले भन्दा अति निलो अनि बादल पहिले भन्दा अति सेतो लाग्यो । पहिले कहिल्यै अनुभवै नगरेको सुन्दरता प्रत्येक वस्तुहरूमा देखिरहेको थिएँ मैले । म कुनै अद्भुत प्रेमले घेरिएको छु भन्ने लाग्यो । मैले भेटेको प्रत्येकलाई मैले पाएको त्यो शान्तिको विषयमा बाँडचुड गर्न थालें । प्रतिदिन हृदयमा आनन्द र शान्तिको लहर बढ्न थाल्यो । ममा यस्तो धारणा जन्म्यो मैले संसारको सुखबाट सन्तुष्टी पाउन खोजें तर मेरो हृदय रित्तो पाएँ । त्यसपछि मैले प्रभु येशूलाई भेटें । परमेश्वरमा मैले विश्वास गरेको दुई वर्ष भन्दा बढि भइसकेको छ । म हरेक समय उहाँको सत्यता र शक्तिको अनुभव गरिरहेको छु । परमेश्वरसँग तपाईं जति नजिक हुनुहुन्छ त्यति नै उहाँको धार्मिकता, पवित्रता र महान् प्रेमको अनुभव गर्न सक्नुहुन्छ । प्रभु येशूप्रति विश्वास गर्ने विषयलाई धेरैले धर्मको रूपमा लिन्छन् । म यो विचारसँग सहमत छैन भन्ने मलाई लाग्छ । परमेश्वरको महान्ताको अनुभव गरेको कुनै व्यक्तिले यो त धर्म होइन वास्तविक जीवन हो भन्ने जानेको हुन्छ । “किनकि मानिसले सारा संसार प्राप्त गरे तापनि आफ्नो आत्माचाहिँ गुमायो भने त्यसलाई के फाइदा हुनेछ र? अथवा आफ्नो आत्माको सट्टामा मानिसले के देला र ?” परमेश्वरको अस्तित्व स्वीकार नगर्ने मानिसले पनि विश्वका हरेक कुराहरू सृष्टि गर्ने एकमात्र सत्य शक्तिशाली परमेश्वर माथि विश्वास गर्न सक्छ ।

यदि तपाईंको जीवन कथा यहाँ लेखिएको भए कस्तो हुनेथियो ? के तपाईं यो व्यक्तिले जस्तै, ‘मैले साँचो शान्ति पाएको छु’ भन्न सक्नुहुन्थ्यो ? के तपाईं, ‘म मरेपछि निश्चय स्वर्ग जानेछु’ भन्न सक्नुहुन्थ्यो ? यस बारेमा सोच्नुहोस् – तपाईंको जीवन–कथा कस्तो हुनेथियो ?

Leave a Reply