18 July 2019

मेरो व्यक्तिगत गवाही

By gnn890 - Tue Feb 12, 6:30 am

सृष्टिकर्ता को हुनुहुन्छ र उहाँप्रति मेरो व्यक्तिगत जिम्मेवारी के हो भन्ने बारेमा मैले कहिल्यै गम्भीर भएर सोचेको थिइनँ। तर मेरो जीवनमा एउटा यस्तो दिन आयो जुन बेला मलाई सोच्न कर लाग्यो। २०३९ सालको भदौ महिनामा म अमेरिकाको एउटा अस्पतालमा सरुवा रोगीलाई राखिने एउटा विशेष कक्षको शैयामा सिकिस्त बिरामी परेर नाजुक अवस्थामा पस्रिरहेको थिएँ। डाक्टरहरूले पत्ता लगाएछन्; मेरो रोगको औषधी त रहेछ तर त्यस औषधीको रियाक्सनले एका-दुई मान्छे मर्न सक्छन् भनेर डाक्टरले मलाई बताए।

आफू छाँगोबाट खसेजस्तै लाग्यो। औषधि लिने निर्णय त गरें तर त्यस रात मलाई निद्रा लागेन। मेरो मनमा एउटै मात्र प्रश्‍न खेलिरह्यो – मरेंभनेकहाँपुग्छुहोला? १८ वर्षको उमेरमा पहिलो पटक आफ्नो जीवनलाई नियाँलेर हेरें, आफूले आफैलाई जाँचें। अहिलेसम्म मैले आफूलाई “राम्रो मान्छे” भनी ठानेको थिएँ तर अब भने मैले आफूलाई अन्तस्करणमा दुष्ट्याइँले ग्रस्त भएको पाएँ। स्वर्ग र नरक छ भने म नरकमा पुग्नेछु भन्ने मलाई लाग्यो।

मेरो धार्मिक पृष्ठभूमि

मेरो जन्म नेपालको तनहूँ जिल्लाको बन्दीपुर बजारमा भएको हो। आमाले घरमा पित्तलका मूर्तिहरूको सामु नित्य पूजा-आजा गर्नुहुन्थ्यो ।one

बुबाले मलाई काठमाण्डौंको सेन्ट जेवियर्स नामक विद्यालयमा भर्ना गरिदिनुभयो। दस कक्षा पुगुञ्जेल मेरो व्यक्तिगत विश्वास यस्तो थियो – मानिस लगायत प्रकृतिका थोकहरू कुनै ईश्वरद्वारा बनिएका होइन्, बरु त्यत्तिकै संजोगले हुन आए र शारीरिक मृत्युपछि मानिस अस्तित्वहीन बन्छ। मेरो ख्रीष्टरहित प्राण-आत्मा अनन्त नरकतिर जाँदै छ भन्ने वास्तविकता मलाई थाह थिएन।

पापकोमहसुस

अबराती अस्पतालमा मैले आफूलाई ईश्वररहित, आशारहित र एकलो महसुस गरें। अतितको सम्झना मात्र आइरह्यो। पढाइमा मेहनत गरेथें, सफल भएथें, छात्रवृत्ति पाएर अमेरिकामा अध्ययन गरिरहेको अब एक वर्ष भएको थियो। साथीहरू र शिक्षकहरूले मलाई प्रायः मन पराउँथें। आफ्नो बारेमा म प्रायः सन्तुष्ट थिएँ, भविष्य उज्यालो देख्थें।

तर अब मैले आफूलाई अर्कै देखें। विद्यालयमा हुँदा मैले जाँचमा चोरेको, पढाइको सफलतामा घमण्डले फुलेर भित्र-भित्रै सहकक्षीहरूलाई तुच्छ ठानेको, साथीहरूलाई मैले कैयौं पटक आफ्नो घर-घरानाको बारेमा फुर्ति लगाएर ढाँटेंको, मन-मनमैं जवानीका अभिलाषाहरूमा डुबेको, बेलाबखत चोरेको कुराहरू मैले सम्झना गरें।

मैले आफ्नै दाजुप्रति हृदयभरि घृणाको भावना बोकें। एक पटक रिसले आगो भई चिच्याई-चिच्याई मलाई जन्माउनुहुने आमालाई धेरै बेर सम्म सरापें। यो सम्झँदा त हृदय नै पीडित हुन्छ। अनगिन्ति पापहरूले मलाई पोल्न थाल्यो। हिन्दू भगवानका मूर्तिहरूलाई ढोगेर, क्याथोलिक शिक्षकहरूको पाउमा हुर्के तापनि म सत्य र जीवित परमेश्वरलाई चिन्दिनँथें। यस आशारहित अवस्थामा मैले न कुनै देवी देवतालाई नै पुकार्न सकें। मलाई येशू ख्रीष्टको समेत विचार आएन। सत्यको सवालमा म पूर्ण रूपमा अन्धकारमा थिएँ। “ईश्वर” मात्र भनेर मनले पुकार्‍यो। “यदि तपाईं हुनुहुन्छ भने, मलाई मर्न नदिनुहोस्। अबदेखि म असल बन्नेछु।” यस्तो प्रतिज्ञा गरें।

विस्तारै औषधीले काम गर्‍यो र मलाई सुधार भयो। केही महिना पछि कसैले मेरो स्वस्थ्यको बारेमा सोध्दा “भाग्यले साथ दियो” भनेर मैले हल्का जवाफ दिएँ। सोध्नेले अनौठो प्रत्युत्तर दिए, “शायद भाग्यले होइन कि?”

सुसमाचारको ज्योति

ती दिनहरूमा म अमेरिकाको एउटा अन्तराष्ट्रिय कलेजमा अध्ययनरत थिएँ। कलेजको एकजना शना नाम गरेकी साथीको आमाले मलाई बेलाबखत चिठ्ठीपत्र पठाउने गर्नुहुन्थ्यो। “शायद भाग्यले होइन कि?” भन्ने उहाँ नै हुनुहुन्थ्यो।

twoएकदिनको कुरा हो, अरू बेलाजस्तै उहाँको एउटा पत्र आइपुग्यो। खामबाट पत्र झिकेर जोर्डन देशको साथीलाई पढेर सुनाउन थालें। यसरी पत्र पढेर सुनाउँदै गर्दा पत्रको एउटा ठाउँमा पुग्दा मैले अरू पढ्नै सकिनँ। त्यहाँ लेखिएको एउटा कुराले मेरो हृदयमा अनौठो प्रकारले छोयो, आँखाभरि आँसु आयो। त्यहाँ यस्तो लेखिएको थियो: गत आइतवारको दिन उहाँले इसाईहरूको सभा हुने चर्चघरमा एउटा सामूहिकरूपमा भजन गाइरहनुभएको रहेछ। त्यस दिन ती भजनका शब्दहरूले उहाँको हृदयलाई घच्-घच्याएछ। अनि उहाँले आफैलाई सोध्नुभएछ, “एकमात्र मुक्तिदाताको बारेमा बताउन के म साँच्चै रमाउँछु त?” यसरी उहाँ मलाई लेख्‍न र येशू ख्रीष्ट नै संसारको एकमात्र मुक्तिदाता हुनुहुन्छ भन्ने बारेमा बताउन अभिप्रेरित हुनुभएछ। साथै, येशू ख्रीष्टमा व्यक्तिगत विश्वास नराख्‍ने म जस्ता व्यक्तिहरूसित उहाँको अनन्त र स्थायी सम्बन्ध हुन नसक्ने कुरा पनि उहाँले चिठ्ठीमा प्रेमपूर्वक थप्नुभएको रहेछ। यी शब्दहरूले मलाई गहीरो प्रभाव पार्‍यो। त्यसबेलासम्म कसैले पनि त्यस्ता कुराहरू त्यस प्रकारले मलाई व्यक्त गरेको थिएन।

threeहंगकंगको एकजना एनी नाम गरेकी चिनीयाँ साथीसित मेरो निकट सम्बन्ध थियो। उनले पनि मलाई येशूको सु-समाचार बताउन चाहेकी कुरा लेखिन्। पत्रमा बाइबलका थुप्रै खण्डहरू उद्धरण गर्दै उनले मलाई परमेश्वरबाटको मुक्तिको उपाय बताइन्। उनले बताइन्, येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी विश्वास गरेर परमेश्वरको प्रिय सन्तान बन्नु नै हामीप्रति उहाँको इच्छा हो किनभने यसैका लागि परमेश्वरका पुत्र येशू ख्रीष्ट स्वर्गबाट यस संसारमा आउनुभई, हाम्रा पापहरूका निम्ति क्रूसमा मर्नुभएर तेस्रो दिनमा बौरेर उठ्नुभयो। लिरोइ नाम गरेको सिङ्गापुरको अर्को ख्रीष्टियन साथीले विदाइको बेलामा उनलाई यसरी भनेको कुरा पनि उक्त पत्रमा एनीले लेखिन् — “विछोडमा हामी दु:खित छौं, अनि यस संसारमा हाम्रो भेट फेरि कहिल्यै नहुन सक्छ। तरैपनि एउटा कुरा निश्चित छ — म, तिमी र शना एक दिन स्वर्गमा अवश्य भेट हुनेछौं…”

उक्त पत्र पढेपछि मेरो मनमा हलचल मच्चियो। मेरो पहिलो प्रतिक्रिया यस्तो थियो, म एक हिन्दूलाई धर्मपरिवर्तन गराउन खोज्ने कत्रो आँट यो केटी को?

तर, दिमाग ठण्डा भएपछि, एनी कस्ती व्यक्ति हुन् भन्ने कुरालाई स्मरण गर्दा, मैले यो महसुस गर्नैपर्‍यो, उनले यी सबै कुराहरू मेरै भलाइका निम्ति निस्वार्थ भावनामा लेखेकी हुन्।

मैले आफ्नो स्वाभाविक पापपूर्णताको महसुस प्रथम पटक यो भन्दा एक वर्ष अघि अस्पतालमा हुँदा गरेर त्यसलाई स्वीकार पनि गरेको थिएँ। अब साथीको पत्रमा बाइबलको प्रस्ट घोषणा पढें,

पापकोज्यालामृत्युहोतरपरमेश्वरकोअनुग्रहकोवरदानचाहिँहाम्राप्रभुयेशूख्रीष्टमाअनन्तजीवनहो (रोमी ६:२३)।

रातको अबेरसम्म म सोचाइहरूमा डुबिरहें। मेरो मनमा सबभन्दा बढी खुलदुली ल्याउने चाहिँ त्यस पत्रमा उद्धृत गरिएको बाइबलको एउटा यस्तो वाक्य थियो:

जसलेपुत्रमाथिविश्वासगर्छउसँगअनन्तजीवनहुन्छ: जसलेपुत्रमाथिविश्वासगर्दैनउसलेजीवनदेख्नेछैनतरपरमेश्वरकोक्रोधत्यसमाथिरहन्छ (यूहन्ना ३:३६)।

मभित्र थुप्रै प्रश्‍नहरू उठ्न थाले। येशू को हुन्? मैले उहाँमाथि विश्वास गर्नु पर्ने कारण के हो? म कसरी पक्का गरी जानूँ?

येशू ख्रीष्टको बारेमा सत्य-तथ्य पत्ता लगाउने तीब्र इच्छाका साथ मैले सोधखोज गर्न थालें। अरे! ख्रीष्टियनधर्मगोराहरूकोधर्मभन्थे! खै, अमेरिकामाछुतरएउटैगोरालेमलाईयेशूकोबारेमाबताउनसक्दैन! यो मेरो लागि औधी शिक्षामूलक बन्यो किनकि यसबाट मैले यो महसुस गर्न थालें कि अमेरिका लगायत पश्चिमेली संसारका सबै मानिसहरू ख्रीष्टियनहरू हुन् भन्ने मैले बोक्दै आएको धारणा त सरासर गलत रहेछ! मैले सोच्न थालें, “त्यसो भए इसाइत्व सम्बन्धी मैले अरू के कस्ता गलत धारणारूलाई साँचो ठान्दै आएको छु होला त?” खुल्दुली बढ्यो, अब मलाई नबुझी भएन।

एक दिन म क्याम्पसको पुस्तकालयभित्र छिरें। एउटा लेख त्यहाँ पढेपछि म जीवनको प्रथम पटक निश्चित भएँ कि येशू ख्रीष्ट, किंवदन्ति नभएर, एक ऐतिहासिक व्यक्ति नै हुनुहुँदो रहेछ। अर्को दिन आवासलयको बैठक कोठामा कसैले फ्याँकेको बाइबल भेटियो। म पढ्न थालें किनकि एनीले पत्रमा बाइबल पढ्न सुझाव दिएकी थिई।

करिब एक हप्‍तापछिको कुरा हो, उही लास क्रूसेस घर भएकी एउटी साथी आईन् र म र अर्को साथीलाई आफ्नो घरमा सँगै जान निमन्त्रणा गरिन्। लास क्रूसेस जाँदा मैले साथमा बाइबल, पुस्तिकाहरू लगें। जश म्याकडोवेलद्वारा लिखित एभिडेन्स्द्याटडिम्यान्डस्भर्डिक्टनामक उक्त पुस्तक शनाकी बुबाले मलाई गत हिउँदे बिदामै दिनुभएको थियो, मैले यसलाई ध्यानपूर्वक पढ्न थालें।

एक पछि अर्को गरी मेरा प्रश्‍नका सन्तोषजनक जवाफहरू यस पुस्तकबाट पाउन थाल्दा म छक्क परें। त्यसैले म घण्टौंसम्म पढ्थें, सोच्थें। बाइबल प्राचीन लेखोट भएर पनि ऐतिहासिकरूपमा अचूक छ भनी म निश्चित भएँ। अब करिब २००० वर्ष अगाडि येशू ख्रीष्ट निर्दोष भएर पनि, क्रूसमा टँगाइनुभएको रहेछ र मानव इतिहासको प्रत्येक व्यक्तिका पापको दण्ड पर्याप्‍त रूपमा तिर्ने एउटै उपायस्वरूप उहाँले आफ्नो प्राण क्रूसमा अर्पण गर्ने हेतुले उहाँ अनादिदेखिको परमेश्वर हुनुभएर पनि मानिस बन्नुभई संसारमा आउनुभएको थियो। कुनै पनि व्यक्तिले आफ्नो पापको अनन्त दण्डदेखि बाँच्न सक्नलाई उहाँमाथि व्यक्तिगतरूपमा हृदयदेखि विश्वास गर्नुबाहेक अन्य विकल्प नरहेको उहाँको दाबी थियो।

अझ, अर्को कुराले म निकै प्रभावित भएँ, इतिहासकै अद्वित्तीय घटना, येशू ख्रीष्टको शारीरिक बौरिउठाइ जुनचाहिँ उहाँको मृत्यु र दफनको तीन दिन पश्चात् भएको अद्‍भुत घटना थियो। अनिकुनैपनिझूटाव्यक्तिलाईअसलभन्नसकिन्न।त्यसैलेउहाँलेआफूजोहुँभनीदाबीगर्नुभएकोथियोसोहुनुनैपर्छ, किनकियेशूलाईझूटाभन्नकसलेआँटगर्ला? जति पढें त्यति नै मलाई लाग्यो, सत्य‍-तथ्यको प्रमाण यति सफा छ, सबै नै किन ख्रीष्टियन बन्दैनन् होला?

मेरा व्यक्तिगत प्रभु र मुक्तिदाता

एकदिन साथीको घरमा फर्केपछि, आफ्नो कोठामा गई अझ पढें। पुस्तकको पछाडिपट्टि एउटा प्रार्थना लेखिएको रहेछ। त्यहाँ व्यक्त गरिएजस्तै मैले पनि आफूलाई येशू ख्रीष्टको खाँचो महसुस गरेको एउटा पापीको रूपमा देखिरहेको थिएँ। बेलाबखत मैले पत्ता लगाउन थालेका कुराहरूबाट मेरा दुई मित्रहरूलाई बताउन खोज्थें। एक दिन दुवैजना मकहाँ आए। एउटाले भन्यो, “तिमी ख्रीष्टियन बन्न चाहन्छौ भने म फलानो चर्चसित सम्पर्क गराइदिन सक्छु।” उनी सायद ठट्टा गर्दै थिइन् (म जान्दिनँ) तर मैले यस प्रकारले जवाफ दिएँ, “मैले विश्वास गरिसकें। तिमीहरूले पनि विश्वास गर्नुपर्छ। बाइबलले भनेको सबै सत्य रहेछ।” उनले सोधी, “तिम्रो हिन्दू परिवारले यसलाई कसरी लिन्छ होला नि?” यो सुनेपछि मेरो आँसु थाम्न सकिनँ किनभने ख्रीष्टबिहीन भएकाले उहाँहरू अनन्त विनाशतर्फ लम्किरहनुभएको छ भन्ने कुरा मैले महसूस गरें। Pradesh-900x600

त्यस रात मैले शनाकी आमालाई र हंगकंगकी एनीलाई कृतज्ञता व्यक्त गर्दै आफूले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभुको रूपमा ग्रहण गरेको खबर लेखें। साथै मैले नेपालमा हुनुभएको मेरो परिवारलाई पनि प्रभु येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा चिन्नु कति सुन्दर कुरा रहेछ भनेर लेखें।

२०४० सालको श्रावण महिनाको त्यस दिनदेखि आजसम्म मैले थाह गर्दै आएको छु मैले सब थोक पाएको छु — पापहरूको क्षमा, परमेश्वरको सन्तान हुने हक, परमेश्वरसित सङ्गति, अनन्त जीवन, स्वर्गमा अविनाशी सम्पत्ति अनि अरू थुप्रै, थुप्रै आत्मिक आशिषहरू! प्रेम, किनभने म अनन्त दण्ड पाउन योग्य थिएँ तर उहाँले मलाई आउनेवाला परमेश्वरको क्रोधदेखि बचाउनुभएको छ किनकि जब येशू ख्रीष्ट क्रूसमा मर्नुभयो, उहाँले मेरो सट्टामा परमेश्वरको क्रोधको दण्ड भोग्नुभयो जुन दण्ड मैले भोग्नुपर्नेथ्यो। सारा संसारकै निम्ति मुक्तिदाता येशू मर्नुभएको हो, तपाईंको निम्ति पनि हो।

प्रिय मित्र, मैलेकुनैधर्मपाएँ भन्दिनँ तर परमेश्वरसित एउटा वास्तविक र आशिषमय सम्बन्ध पाएको छु। तपाईंले पनि येशूख्रीष्टलाई नियाले रहेर्नुभएको होस् जो बिना परमेश्वर सित ठीक हुने अरू कुनै उपाय छँदै छैन।

– प्रदेश श्रेष्ठ

Leave a Reply