18 July 2019

हाम्रो मण्डली

By gnn890 - Fri Feb 08, 12:16 pm

sangatichurch1

विशेष निमन्त्रणा !

हामी तपाईलाई हामीसित सङ्गति चर्चमा सहभागी हुन आउनुहोस् भनी आमन्त्रण गर्न चाहन्छौं । हामी प्रत्येक शनिबार बिहान ११ बजे भेला हुन्छौं ।

हाम्रो चर्चले १०–१४ वर्षका जवानहरू, वृद्धहरू, विशेषगरी महिलाहरूलाई सिकाइने कक्षाहरू, पुरूषहरूका लागि कक्षाहरू इत्यादि थुप्रै किसिमका कार्यक्रमहरूको प्रबन्ध गर्छ । हाम्रो जोडचाहिँ बाइबल र हामीप्रति परमेश्वरको सन्देशमाथि हुन्छ, जसद्वारा हामी मुक्ति र शान्ति प्राप्त गर्न सक्छौं ।

हामीसित बाइबल कलेज, संगीतका कक्षाहरू, गाउँको भ्रमण इत्यादि जस्ता वर्षभरी नै भइरहने विशेष सभाहरू छन् ।

यदि तपाई सत्य र शान्ति खोजिरहनुभएको छ अनि जसले तपाईलाई बनाउनुभयो उक्त परमेश्वरसितको साँचो सम्बन्धको लागि भौतारिरहनुभएको छ भने कृपया सङ्गति चर्चमा आउनुहोस् र यी कुराहरूलाई पत्तो लगाउनुहोस् । हामी तपाईको बारेमा जान्न र हाम्रो मण्डली परिवारमा समावेश गर्न मनपराउँछौं ।

sangatichurch2

phonesS

Sangti-Church-mapS

Leave a Reply